शुक्रबार, वैशाख २१, २०८१

जवान हेरेर अल्लु अर्जुनले गरे शाहरुखको तारिफ, के भने ?

मेरोन्यूज २०८० भदौ २८ गते १५:२१

काठमाडौं । शाहरुख खानको भर्खरै रिलिज भएको फिल्म ‘जवान’ले फ्यानका साथै सिने जगतका थुप्रै स्टारबाट प्रशंसा पाइरहेको छ ।

एटली द्वारा निर्देशित, फिल्ममा शाहरुख खान, नयनथारा र विजय सेतुपति मुख्य भूमिकामा छन् र दीपिका पादुकोणकाे विस्तारित क्यामियो फिचर छ।

फिल्म रिलिज भएदेखि नै शाहरुखकाे तारिफ गर्दै ‘जवान’को टीमलाई बधाई तथा शुभकामनाको दिनेकाे आइरो लागिरहेको छ ।

यसैबीच साउथ अभिनेता अल्लु अर्जुनले पनि बधाई दिएका छन् ।

अल्लुले ट्विटर ह्यान्डलमा लेखेका छन्,’यो ठूलो ब्लकबस्टरको लागि ‘जवान’ को सम्पूर्ण टोलीलाई धेरै धेरै बधाई। ‘जवान’ का सबै कलाकार, प्राविधिक, क्रु र निर्माताहरूलाई हार्दिक बधाई।’ शाहरुख खानको तारिफ गर्दै उनले लेखेका छन्, शाहरुखको अहिलेसम्मको सबैभन्दा ठूलो अवतार र स्वैगले सम्पूर्ण भारतलाई मंत्रमुग्ध गरेको छ। हजुरको लागि साँच्चै खुसी छाैँ, हामीले तपाँइका लागि प्रार्थना गर्यौं।’

यससँगै अल्लुले विजय सेतुपति, नयनथारा र एट्लीका लागि पनि विशेष कुरा लेखेका छन् । अल्लुले सेतुपतिको प्रशंसा गर्दै विजय सधैं जस्तै आफ्नो भूमिकामा उत्कृष्ट रहेको बताए ।

उनले भनेका छन्, ‘दीपिका पादुकोण शानदार र कमाण्डिङ हुनुहुन्छ । नयनथारा राष्ट्रिय स्तरमा चम्किन्छिन्।’ अनिरुद्ध, तपाईंले आफ्नो संगीतमा सबैलाई मंत्रमुग्ध पारिदिनुहुन्छ’ अल्लुले लेखेका छन्।

उनले फिल्म निर्माता एट्लीको प्रशंसा गर्दै लेखेका छन् ‘हामी सबैलाई गर्व गर्ने, उत्कृष्ट फिल्म दिएर भारतीय बक्स अफिसमा इतिहास रचेकोमा एट्लीजीलाई बधाई छ।

अल्लुको ट्विटमा शाहरुखले जवाफ दिएका छन् । उनले आफुले अल्लुबाटै धेरै कुरा सिकेकाे बताएका छन् ।

शाहरुखले लेखेका छन्, ‘तीन दिनमा तीनपटक ‘पुष्पा’ हेरेकोले मैले तपाइबाट केही सिकेको हुनुपर्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ । तपाइलाई धेरै माया गर्छु र सकेसम्म चाँडो भेट्नेछु र उपहार दिनेछु। ‘

प्रतिक्रिया