शुक्रबार, वैशाख २१, २०८१

रहिनन् ‘भेलु बाजे’की पत्नी बिस्ना

मेरोन्यूज २०८० भदौ २६ गते १५:१७

काठमाडौं । ‘भेलु बाजे’ नामले चर्चित प्युठान नगरपालिका- ४ का मीनबहादुर बुढामगरकी पत्नी बिस्ना बुढाको निधन भएको छ ।

५९ वर्षीया बुढाको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा सोमबार निधन भएको हो ।

उनी लामो समयदेखि बाथ रोग र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् ।

पारिवारिक स्रोतका अनुसार मृतक बुढाको दिल्लीमै अन्त्यष्टि गरिएको छ ।

मीनबहादुर ‘भेलु बाजे’नामले सामाजिक सञ्जालमा निकै चर्चित थिए । उनीसँगै बिस्नालाई पनि धेरैले चिनेका थिए । बुढा दम्पति बनिबुतो गरेर गुजारा गर्दै आएका थिए ।

प्रतिक्रिया