शुक्रबार, वैशाख २१, २०८१

चाैतर्फी आलाेचनापछि प्रकाश सपुतले गीतबाट हटाए ‘भल्गर’ शब्द

मेरोन्यूज २०८० भदौ २६ गते १२:४८

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘जाली रुमाल फाट्यो’ रिलिज भएदेखी नै युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ । गीतले हालसम्म २८ लाख भ्युज बटुलिसकेको छ ।

Advertisement

समीक्षा अधिकारीको स्वर रहेको सो गीतमा जातीय छुवाछूतको सन्देश दिन खोजिएको छ । गीतमा अभिनेत्रीहरु आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।

समग्रमा गीत राम्रो मानिएको छ । तर गीतको अन्त्यमा बोलिएको भद्दा संवादका कारण अहिले सपुतले आलोचना खेपिरहेका छन् । गीतलाई चर्चामा ल्याउन उनले स्वस्तिमालाई भल्गर शब्द बोल्न लगाएको आरोप लगाइएको छ ।

यसैबीच सपुतले उक्त संवाद गीतबाट हटाएका छन् । उनले सोमबार साझ उक्त संवाद हटाएका हुन् । सपुतले यसबारे केहि प्रतिकृया भने दिएका छैनन् ।

प्रतिक्रिया