शुक्रबार, वैशाख २१, २०८१

शाहरुखकाे ‘जवान’ले पाँच दिनमा कति कमायाे ?

मेरोन्यूज २०८० भदौ २६ गते १२:१३

काठमाडौं । शाहरुख खान–नयनथारा र दीपिका पादुकोण अभिनित फिल्म ‘जवान’ले हरेक दिन विश्वभर नयाँ रेकर्ड बनाइरहेको छ ।

Advertisement

शाहरुखलाई माया गर्नेहरुको सूची भारतमा मात्रै सीमित छैन भन्नेमा कुनै शंका छैन । अमेरिका, अष्ट्रेलिया र दुबई लगायत धेरै देशमा किंग खानको क्रेज देखिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एट्ली निर्देशित ‘जवान’ ले आइतबार सम्म (चारदिन) मा विश्वभर करिब ५२० करोड भारु कलेक्सन गरेको थियो । तर, साेमबार फिल्मकाे कमाईमा केही प्रभाव परेको छ ।

ट्वीटरमा जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट रमेश बालाले सोमबारसम्ममा ‘जवान’ले विश्वभर ५५० करोडको आँकडा पार गरेको बताएका छन् ।

आइतबार ठूलो आँकडा पार गरेपछि शाहरुख-नयनतारा स्टारर फिल्मले सोमबार विश्वभर करिब ३० करोड भारुको कलेक्सन गरेको छ । किंग खानको यो फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यसलाई हेर्दा आगामी २ दिनमा फिल्मले विश्वभर ६०० करोडको आँकडा पार गर्न सक्छ भन्नु गलत हुनेछैन ।

प्रतिक्रिया