मंगलबार, वैशाख २५, २०८१

एनआरएनए सचिवमा शाहको उम्मेद्वारी घोषणा

मेरोन्यूज २०८० भदौ १३ गते १३:३९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे सचिवमा स्वतन्त्र प्रताप शाहले उम्मेद्वारी घाेषणा गरेका छन् । उनले २०२३-०२५ कार्यकालको लागि केन्द्रिय सचिवमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

Advertisement

शाहले आर्थिक पारदर्शिता, युवा मैत्री कार्यक्रम ,युवा उधमशिलता, संस्था सृढिकरण, एनआरएनए स्टार्टप फन्ड लगायतका एजेन्डा राखेका छन् ।

अग्रजहरुको अनुभव, युवाहरुको साथ, संस्थाको विकास भन्ने नारा उनकाे रहेकाे छ ।

शाह लामो समयदेखि गैर आवासिय नेपाली संघको अभियानमा सक्रिय रहँदै आएका छन् । उनले यसअघि एनआरएनको अष्ट्रेलियाको उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया