आइतबार, वैशाख ३०, २०८१

फास्ट ट्याकको डीपीआर संशोधन गर्ने सरकारको निर्णय

मेरोन्यूज २०८० साउन ३० गते १९:५२

काठमाडौँ । सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले द्रुत मार्गको डीपीआर परिवर्तन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । डिपिआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने बताइएको छ ।

Advertisement

‘द्रुत मार्गको डीपीआर संशोधन गर्ने निर्णय भएको छ । डीपीआर संशोधनले एकदेखि डेढ किलोमिटर लम्बाइ घटेको छ भने सुरुङको संख्या बढ्ने भएको छ । त्यस्तै लागत पनि करिब २ अर्बले घट्ने भएको छ,’ बैठकपछि साउदले भने ।

डीपीआर परिवर्तन गरिएपछि द्रुत मार्गका केही घुम्ती कम भएर सिधा हुनेछ ।

निर्माण सुरु भएको ६ वर्ष पूरा भइसकेको द्रुतमार्गको लम्बाई ७२‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.५ किलोमिटर छ । द्रुतमार्ग निर्माणमा ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ३ अर्ब ६७ करोड र सेनाले निर्माण जिम्मा लिएपछि ४९ अर्ब २२ करोड रुपैयाँ खर्च भएको हो ।

प्रतिक्रिया