शनिबार, वैशाख २२, २०८१

मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

मेरोन्यूज २०८० साउन २६ गते ९:३८

काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ ।

Advertisement

मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । सो प्रस्तावमाथि पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करले बिहीबार ध्वनी मतले सो अविश्वास प्रस्ताव अस्वीकृत भएको जनाएको छ ।

भास्करका अनुसार लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको अविश्वास प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गर्ने बताएका छन् ।

प्रतिक्रिया