शुक्रबार, वैशाख २१, २०८१

समाजवादीद्वारा सिन्धुपाल्चोक इञ्चार्ज कर्माचार्य पार्टीबाट निष्कासित

मेरोन्यूज २०८० साउन १९ गते १४:४६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीका केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरेको छ ।

पार्टी सचिवालयको आज बसको बैठकले पार्टी नीति कार्यक्रम, संठठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरि अनेकौ पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिबिधि गरेकोले साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई कर्माचार्यको गतिबिधिको भ्रम मा नपर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया