शुक्रबार, वैशाख २१, २०८१

रास्वपाद्वारा पत्रकार कुट्ने जिल्ला संयोजक खड्काको कारबाही फुकुवा

मेरोन्यूज २०८० साउन १८ गते २०:४३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी बझाङ संयोजक नगेन्द्र खड्काको कारबाही फुकुवा गरेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले खड्काको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

रास्वपाले यसअघि गत साउन ९ गते खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा निलम्बन गरेको थियो।

निलम्बनपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्दा दोष नदेखिएकाले निलम्बन फुकुवा गरी पुनः बहाल गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

‘बझाङ घटनाका सन्दर्भमा जिल्ला संयोजकको दोष नदेखिएकाले निलम्बन फुकुवा गरि पद्‌मा पुनर्बहाल गर्ने निर्णय भएको छ,’ उनले भने।

खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारबाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो।

प्रतिक्रिया