शनिबार, वैशाख २२, २०८१

भारतमा मजदुरी गर्ने रुकुम पश्चिमका एकै परिवारका ३ जनाको पहिरोमा परी मृत्यु

मेरोन्यूज २०८० असार २६ गते ८:०१

रुकुम पश्चिम । रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा मृत्यु भएको हो ।

Advertisement

सोमबार बिहान ११ बजेतिर एक्कासि पहिरो आएपछि घरमा बसिरहेका तीनै जनाको मृत्यु भएको मृतकका साइँला भाइका छोरा किरण ओलीले जानकारी दिए ।

एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएका थिए । जेठो छोरा काममा गएका बेला आएको पहिरोले घरमा रहेका तीन जनाको ज्यान गएको उनले बताए ।

जेठो छोरा लोकेन्द्र ओली २०७८ फागुनमा वैदेशिक रोजगारीका लागि मलेसिया गएकोमा बिरामी परेपछि दुई महिनामामै फर्किएका थिए । लोकेन्द्रको उपचारका लागि कमाउन दीपबहादुर भारत गएको परिवारजनले बताएका छन् ।

प्रतिक्रिया