शनिबार, वैशाख २२, २०८१

विश्वकप छनोट अगाडि वार्मअप खेलः जिम्बावेमा नेपाल र यूएई भिड्दै

मेरोन्यूज २०८० जेठ ३० गते ९:४२

काठमाडौं । नेपालले आईसीसी एक दिवसीय विश्वकप छनोटको वार्मअप खेलमा मंगलवार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार मंगलवार दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा शुरू हुनेछ ।

जिम्बाबे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले २ अभ्यास खेल खेलेको थियो ।

दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो ।

प्रतिक्रिया