शनिबार, वैशाख २२, २०८१

भारतलाई २०९ रनले पराजित गर्दै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन

मेरोन्यूज २०८० जेठ २८ गते १८:५३

काठमाडौं । टेस्ट च्याम्पियनसीपको दोस्रो संस्करण अष्ट्रेलियाले जितेको छ । भारतलाई २०९ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टेस्ट च्याम्पियनसीप जितेको हो ।

Advertisement

पहिलो इनिङसमा अष्ट्रेलियाले ४ सय ६९ र दोस्रो इनिङसमा २ सय ७० रन बनाएर भारतलाई ४सय ४४ रनको लक्ष्य दिएको थियो ।

तीन विकेट क्षतिमा १६४ रनको अवस्थाबाट पाचौं दिनको खेल सुरु गरेको भारत २३४ रनमै अल आउट भयो ।

भारतका पहिलो इनिङसमा अजिन्का रहानले सर्वाधिक ८९, शार्दुल ठाकुरले ५१ रविन्द्र जडेजाले ४८ रन जोडे ।

दोस्रो इनिङसमा भारतका लागि विराट कोहलीको ४९ रन नै सर्वाधिक बन्न पुग्यो । अजिन्का रहानेले ४६ र रोहित शर्माले ४३ रन जोडे ।

अष्ट्रेलियाका लागि पहिलो इनिङसमा ट्राभिस हेडले १ सय ६३ र स्टिभ स्मिथले १ सय २१ रन बनाएका थिए ।

प्रतिक्रिया