बुधबार, वैशाख २६, २०८१

मुर्रा राँगामा अल्झिएको केपी ओली !

सदनमा भैँसी-राँगाको गफ गरेर गोबरबाहेक केही पाउँदैनौँ, हामी आत्मआलोचना गर्न चाहन्छौँ : सभापति लामिछाने

मेरोन्यूज २०८० जेठ २७ गते १७:१२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गरेको एक साता पूरा भएको छ । चार दिने औपचारिक भ्रमण गरी प्रधानमन्त्रीको टोली स्वदेश फिर्ता भएका थिए ।

Advertisement

अर्थमन्त्रीले नेपालको आर्थिक बजेट २०८०/०८१ संसदमा प्रस्तुत गरेसँगै प्रधानमन्त्रीको भारत भ्रणम भएको थियो । प्रधानमन्त्रीसहित अर्थमन्त्री प्रकाशशरण महत भ्रमणमा रहेकाले संसदमा बजेटमाथिको छलफल रोकिएको थियो ।

प्रधानमन्त्रीको टोली भ्रमणबाट फर्किएपछि संसद बैठक सुरु भयो । बैठकको मूल विषय आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्नु पर्ने कार्यसूची रहँदै आएको थियो । बजेटमाथिको बैठक अझै जारी छ ।

संसदमा बजेट प्रस्तुत भएपछिका बैठकहरूमा बजेटमाथि छलफल गर्नु मूल विषय थियो । तर, बैठकमा प्रधानमन्त्रीको भारत भ्रणम निसाना पर्ने थाले । प्रधानमन्त्री प्रचण्डले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद बिक्री गर्ने सम्झौता, विद्युत उत्पादन गर्ने सम्झौता, सीमा विवादजस्ता महत्वपूर्ण विषयले संसदमा स्थान पाउन सकेन ।

ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा केही गर्न नसकेको तर जहाजमा राखेर १५ वटा मुर्रा राँगो ल्याएको तर्कसम्म भन्न भ्याए ।

तर, प्रधानमन्त्रीले भारतसँग नश्ल सुधारका लागि ल्याउने भनिएको १५ वटा मुर्रा जातको राँगाले चर्चा पायो । करिब सात वर्षदेखि भारतसँग खरिद गर्न छलफल हुँदै आएको मुर्रा जातको राँगा ल्याउने विषयमा संसद केन्द्रीय हुँदा संसदको मूल छलफलको विषय छायामा परे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुर्रा राँगाको बारेमा धेरै बोले । संसदमा दुई घण्टा पट्यारलाग्दो भाषणमा ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा केही गर्न नसकेको तर जहाजमा राखेर १५ वटा मुर्रा राँगो ल्याएको तर्कसम्म भन्न भ्याए ।

‘हाम्रा तराईतिर अहिले पनि राँगोको पिठ्युँमा चढ्छन्, चराउँछन् मान्छेहरूले, श्री पशुपतिनाथ त साँढेकै माथि चढ्नु हुन्थ्यो, भन्न हुन्थ्यो कि हुँदैन थियो सदनमा ?,’ जेठ २२ गतेको संसदमा बैठकमा अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री ज्यू तपाई भारत भ्रमणबाट राँगा चढेर आउनु भो कि जहाज, तर नेपालको शिर उँचो हुने गरी गौरवपूर्ण ढंगले प्रश्न गर्न सक्नु भएन ।’

उक्त संसद बैठकमा ओलीले पशुपतिनाथ र त्यसमा रहँदै आएको आस्थामाथि समेत प्रहार गर्न भ्याए । तर, नेकपा माअ‍ोवादी केन्द्रका एक सांसदले तत्कालीन समयमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले पशुपतिनाथमा जलहरी लगाउने भन्दै ११ किलो सुन गायब बनाएको प्रश्न संसदमा उठाएका थिए ।

त्यसको केही दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरूले राँगाको बारेमा संसदमा बहस गरेर समय बर्बाद पारेको भन्दै संसदमै माफी मागे ।

ओलीमाथि ११ किलो सुन गायब बनाएको भन्दै प्रश्न गर्दा एमालेका सांसदहरूले सदन अवरुद्ध गरे । जसको फलस्वरुप प्रधानमन्त्रीले सदनमा माफी मागेका थिए । तर, पशुपतिनाथमा जलहरी लगाउँदा ११ किलो सुन गायव भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न गरेको थियो ।

विपक्षी दलका नेताहरूले संसदमा मुर्रा राँगाको बारेमा बारम्बार प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले नै यसबारे संसदमा जानकारी दिन बाध्य भएका थिए ।

त्यसको केही दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरूले राँगाको बारेमा संसदमा बहस गरेर समय बर्बाद पारेको भन्दै संसदमै माफी मागे ।

‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारे अलिकति ध्यानाकर्षण गराउन चाहन्छु, जस्ता विषयमा हामीले छलफल गर्‍यौँ, हामी नयाँ राजनीतिक दलका हिसाबमा, चाहे ती हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषय हुन्,’ सभापति लामिछानेले भनेका थिए, ‘हामी कहीँ न कहीँ लज्जित भएका छौँ, यो सदन भैँसी–राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने भए हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ, हामी आत्मआलोचना गर्न चाहन्छौँ ।’

प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको एक साताभन्दा बढी भइसक्दा पनि एमालेले मुर्रा राँगाबारे बहस गर्न छाडेको छैन । यसको नेतृत्व पार्टी अध्यक्ष ओलीले नै गरिरहेका छन् । पछिल्ला आफ्नो सम्बोधनहरूमा उनले मुर्रा राँगाको बारेमा बोल्न छाडेका छैनन् ।

शनिबार काठमाडौँमा भएको नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुनः राँगाको बारे चर्चा गर्न भ्याए । ‘१५ वटा राँगा ल्याए भनेर, त्यही पनि राँगा ल्याउने भनेर जिस्क्याए अरे,’ उनले भने, ‘यो त केपी ओलीकै पालादेखि कुरा चलेको रैछ भन्न भ्याए ।’

प्रतिक्रिया