बिहीबार, वैशाख २०, २०८१

तराइका भू-भागको तापक्रम नघटने

मेरोन्यूज २०८० जेठ २५ गते ६:२७

काठमाडौं । अहिले मुलुकभर पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने छ । केही दिन यो क्रम जारी रहने महाशाखाले जनाएको छ । जसका कारण तराईमा भू–भागहरूमा तातो हावा र लू चलिरहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना र तराईमा अत्याधिक गर्मी रहेकाले मेघगर्जन र चट्याङ्बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया