शनिबार, वैशाख २२, २०८१

मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने

मेरोन्यूज २०८० जेठ २४ गते २०:३८

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी साउदी अरेवियाको अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् । मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने भएका ह्न् ।

Advertisement

स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सी बार्सिलोना फर्किने बारेमा पनि चर्चा चलेको थियो । त्यसो नभए साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम मा उनी त्यहाँ जाने तयारीमा थिए ।

तर उनले त्यो प्रस्तावलाई पनि त्यागेर अमेरिकी क्लबमा जाने निर्णय अन्तिममा लिएका हुन् ।

मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ ।

सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया