शुक्रबार, वैशाख १४, २०८१

भोलि राजधानीमा नेमकिपाको जुलुश

मेरोन्यूज २०८० जेठ २० गते २१:२२

भक्तपुर । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भोलि आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ ।

बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भवन नयाँ बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुने पनि जनाइएको छ । 

यसअघि पार्टीको सचिवालको बैठक वैशाख १७ गते बसी प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यसपछिबाट निरन्तर पार्टीले जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।

यसअन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुश र धर्ना गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया