शुक्रबार, वैशाख १४, २०८१

किर्गिस्तानमा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु

मेरोन्यूज २०८० जेठ १४ गते २०:३०

काठमाडौँ । किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइते भएका अन्य दुई जनालाई स्थानीय टोकमोक अस्पतालमा भर्ना गरिएको ट्राफिक सुरक्षा कार्यालयको प्रेस सेवाले जनाएको छ । उनीहरुको अवस्था स्थिर रहेको छ ।

द्रुत गतिमा हुइँकिएको वाहनले बालबालिकासहित १० जना सवार गाडीलाई ठक्कर दिँदा उक्त हताहति भएको हो । उक्त वाहनले लेन अनुशासन पालना नगर्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया