शुक्रबार, वैशाख १४, २०८१

बजेट कार्यान्वयन गर्न जोड दिएर ल्याउनु पर्ने लेखकको आग्रह

मेरोन्यूज २०८० जेठ १४ गते १८:०२

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनु पर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने बजेट राम्रो हुने भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनु पर्ने बताएका हुन् ।

उनले सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने दाबी गरे । उनले सरकारले ल्याउने बजेटको मुख्य चुनौती भनेको कार्यान्वयनको रहेको बताए ।

उनले सरकारले बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनु पर्ने बताए । उनले वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताएका थिए ।

उनले सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि शतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको बताएका थिए । उनले सरकारले बजेटमार्फत ल्याएका योजनाहरु तीन वर्षमा पूरा गर्ने भने पनि सात वर्षसम्म पूरा हुन नसकेको बताए ।

प्रतिक्रिया