शुक्रबार, वैशाख १४, २०८१

गैँडाको खागसहित तीन जना पक्राउ

मेरोन्यूज २०८० जेठ १३ गते १८:५८

काठमाडौँ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका १८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) जस्तो वस्तु एक थानसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका १८ धरमपुर बस्ने ६५ वर्षीय होम बहादुर विक, ४३ वर्षीय कृष्ण बहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौँबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीको समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा बुझाइएको छ ।

प्रतिक्रिया