शनिबार, वैशाख १५, २०८१

बेलायती प्रधानमन्त्रीको घरमा कारले ठक्कर दिएपछि…

मेरोन्यूज २०८० जेठ १२ गते १२:४३

काठमाडाैं । बेलायती प्रधानमन्त्री ऋषि सुनकको १० डाउनिङ स्ट्रिटस्थित घरको मुख्य गेटमा कार ठोक्किएको छ ।

घटना बिहीबार साँझ करिब ४ः२० बजे (लण्डन समय)मा भएको हो । त्यस समय सुनक घरमा नै थिए । तत्कालै घटनास्थलमा पुगेर प्रहरीले डाउनिङ स्ट्रिटतर्फ जाने ह्वाइटहल रोड बन्द गरेको थियो।

आरोपी कार चालक पक्राउ परेका छन् । अभियुक्तले नियतवश यस्तो गरेको हो वा होइन भन्ने खुल्न सकेको छैन । प्रहरीले कार नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाएको छ । घटनामा कोही पनि घाइते भएका छैनन् ।

प्रतिक्रिया