शुक्रबार, वैशाख १४, २०८१

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान न्यायाधीश न्यौपानेको इजलासमा

मेरोन्यूज २०८० जेठ १२ गते १०:५५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको इजलासमा उनीहरूको बयान लिन लागिएको हो ।

शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा बुधबार अदालतमा मुद्दा दर्ता गरेको थियो । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार छन् ।

पक्राउ परेकाहरूको न्यायाधीश न्यौपानेसामु बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगीलगायत कसुर गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरूविरुद्ध ठगीसहित सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया