भारतीय अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा परि मृत्यु
मेरोन्यूज
२०८० जेठ १० गते १२:२२

काठमाडाैं । भारतीय चर्चित सिरियल ‘साराभाई भर्सेस साराभाई’की अभिनेत्री वैभवी उपाध्यायको निधन भएको छ । अभिनेत्रीको सोमबार हिमाचल प्रदेशमा कार दुर्घटनामा निधन भएको हो ।
वैभवी आफ्ना प्रेमीसँग कारमा यात्रा गरिरहेकी थिइन् । सोही क्रममा बञ्जर नजिकै सिधवामा उनको गाडी अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको भारतीय मिडियाले जनाएको छ ।
अभिनेत्रीका प्रेमीलाई भने सामान्य चोट लागेको र अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।
अभिनेत्रीको निधनको खबरले टिभी उद्योगमा शोकमा डुबेकाे छ।
सम्बन्धित
प्रतिक्रिया