सोमबार, वैशाख १७, २०८१

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षको नियुक्ति एक सातामै चट्

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्रीका रुपमा गरेको नियुक्ति मोहन बहादुर बस्नेतले एक सातामै बदर गरिदिएका छन्

मेरोन्यूज २०८० जेठ ३ गते २१:३०

काठमाडौं । सरकार अदलबदल हुँदा राजनीतिक नियुक्ति फेरबदल हुनु नेपालमा सामान्य जस्तै हो । एउटा सरकार वा पार्टीले गरेको निर्णय अर्काे सरकार वा अर्काे पार्टी सरकारमा आउँदा फेरिने क्रम नेपालमा चल्दै आएको छ । आफना कार्यकर्तालाई नियुक्ति दिलाउन यसरी सरकार अदलबदल हुँदा नियुक्ति पनि अदलबदल हुने गरेको छ ।


तर सरकार अहिले कांग्रेस, माओवादी लगायतका दलको संयुक्त सहकार्यमा बनेको छ । प्रधानमन्त्री छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनले आफुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालेका बेला गत साता मात्रै नियुक्त गरेका एक राजनीतिक नियुक्ति कांग्रेसका स्वास्थ्यमन्त्री आउने वित्तिकै बदर गरिदिएका छन् ।

एक साता पनि नवित्दै नियुक्ति बदर हुने पात्र हुन् लक्ष्मण सिंह । नेपाल सरकारको मातहतमा सञ्चालन हुने गरि केन्द्रिय स्तरको अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिह लाइ नेपाल सरकारले मनोनित गरेको थियो ।
नेपाल सरकार प्रधानमत्री एव स्वास्थ्य तथा जनसख्यामत्री स्तरिय मिति २०८० वैशाख १७ गतेको निर्णय अनुसार मिति २०८० वैशाख २३ गते देखि लागु हुने गरी उनलाइ अध्यक्ष पदमा मनोनित गरिएको थियो । अध्यक्षमा नियुक्त भएको तिन वर्ष अर्थात २०८३ वैशाख २२ गते सम्म तिन वर्षको कार्यकाल रह्ने गरी उनलाई नियुक्ति दिइएको थियो ।

तर उनको नियुक्ति एक सातासम्म पनि टिकेन । कांग्रेसका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा आएका मोहनबहादुर बस्नेतले उनको नियुक्ति एक सातामै बदर गरिदिए ।

लक्ष्मण सिहको नियुक्ति बस्नेतले आजकै मितिदेखि बदर गरेका हुन् ।

सुदुर पश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताल सुदुरपश्चिमकै ठुलो र स्तरिय अस्पताल वनाउन लागेका छन। सुदुरपश्चिम विश्वविधालयले डडेल्धुरा अस्पताल लाइ मेडिकल कलेज सञ्चालन गर्ने भनि स्वास्थ्य विज्ञान डिनको कार्यालय डडेल्धुरामा स्थापना गरेको छ।

प्रतिक्रिया