शुक्रबार, वैशाख १४, २०८१

आङटावाका छोराले भने : हल्दार सा’बले लडेको भन्नुभयो, बुवा बोल्नु भएन (भिडिओ)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पाको टाउको चोट लागेको विषयमा उनका छोराले आशंका व्यक्त गरेका छन् ।

सोमबार आफैँ प्रहरीमा उपस्थित भएका पूर्व सभासदसमेत रहेका शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल लगिएको थियो ।

प्रहरीले आङटावा बाथरुममा लडेकाले घाइते भएको दाबी गरेको थियो । उनको टाउकोमा सात टाँका लगाएको छोरा आङनिमा शेर्पाले बताए ।

‘हल्दार सा’बले उहाँ लडेको भन्नुभयो, तर बुवा बोल्नु भएन,’ आङनिमाले भने, ‘उहाँलाई मैले नै प्रहरी कहाँ लगेको हुँ, उहाँ कति कामिरहेको छ ।’ उनले आफूहरू घरमा बस्न सक्ने अवस्था नभएको बताएका छन् ।

प्रतिक्रिया