बिहीबार, वैशाख २०, २०८१

नवाजुद्दीनकी श्रीमती आलियाले मुद्दा फिर्ता लिने, चिठ्ठी लेखेर मागिन् माफी

मेरोन्यूज २०८० वैशाख २५ गते १६:०२

काठमाडौं । अभिनेता नवाजुद्दीन सिद्दिकी पत्नी आलिया सिद्दिकीले उनलाई पत्र लेखेर माफी मागेकी छिन् । उनले नवाज र उनको परिवार विरुद्धको मुद्दा फिर्ता लिने कुरा पनि गरेका छन् ।

पतिको गल्तीलाई माफ गर्दै आलियाले अगाडि बढ्ने र भविष्यलाई राम्रो बनाउन प्रयास गर्ने कुरा बताइन्।

छोराछोरीको पढाइको सिलसिलामा दुबईमा बस्दै आएकी आलियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक चिठी लेखेकी हुन् । उनले लेखेकी छन्, ‘हेलो नवाज, यो चिठी तपाईको लागि हो । धेरै ठाउँमा सुनेको र पढेको छु, जिन्दगी भनेको चलिरहने प्रकिृया हो ।” उनले आफ्नो लडाइँ बालबालिकाका लागि भएको बताएकी छन् ।

आलियाले लेखेकी छिन्, ‘पछिल्ला केही महिनामा हामीबीच जे पनि भयो, म ती सबै कुरा बिर्सन्छु र आफ्नो गल्तीको लागि माफी माग्छु । तिम्रा गल्तीहरु पनि माफ गर्दै अघि बढ्छु र भविष्यलाई राम्रो आकार दिने प्रयास गर्नेछु।’

आलियाले नवाजुद्दिनलाई लेखेको पत्रमा आफूबाट आर्थिक सहयोग पनि नचाहिने बताएकी छन् । आलियाले भनिन्, ‘म आफ्नो स्वामित्वमा रहेको घर बेचेर नवाजको फिल्म निर्माणका क्रममा लिएको ऋण चुक्ता गर्न चाहन्छु । पतिको स्वास्थ्य लाभको कामना गर्दै आलियाले बच्चाको राम्रो हेरचाह गर्ने पनि लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘विगतलाई पछाडी राख्दै र यस्ता गल्तीहरू दोहोरिन नदिने वाचा गर्दै बालबालिकाको भविष्य सुनौलो उज्यालोले भर्ने वाचा गर्छु ।’

प्रतिक्रिया