बिहीबार, वैशाख २०, २०८१

आइपिएलमा आफ्नै टिम हाँकिरहेका बलिउड कलाकार

मेरोन्यूज २०८० वैशाख २४ गते १६:४१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) भारतमा हुने लोकप्रिय क्रिकेट प्रतियोगिता हो। विश्वभरमा करोडौं संख्याले याे प्रतियोगिता हेर्छन्। भारतीय क्रिकेटको उदयमा आईपीएलले ठूलो भूमिका खेलेको छ । आईपीएलमा विश्वका चर्चित व्यक्तित्वहरूले किनेका टिमहरू सञ्चालित छन्। साथै कयाैं वलिउडका कलाकारकाे पनि आईपीएल टिममा हिस्सेदारी छ ।

यी हुन् वलिउड कलाकारका आईपीएल टिमः

कोलकाता नाइट राइडर्स
कोलकाता नाइट राइडर्सको आईपीएल टोली अभिनेता शाहरुख खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट र जुही चावलाका पति जय मेहताको मेहता समूहको स्वामित्वमा छ। टोलीको अधिकांश सेयर रेड चिलीज इन्टरटेनमेन्टसँग छ ।

बलिउड कलाकारहरूसँग सम्बन्धित भएकाले पनि यो टिम निकै लोकप्रिय छ। यसका मालिक शाहरुख र जुही भएतापनि टिम व्यवस्थापनको अधिकांश काम रेड चिलीजका एमडी र सीईओ भेन्की मैसुरले गर्छन्।

राजस्थान रोयल्स
शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्सले पनि आईपीएलको चर्चित टिम हाे ।

राजस्थान रोयल्सको टिममा इमर्जिङ मिडिया प्रालिका मालिक मनोज बडेलको ६५ प्रतिशत हिस्सेदारी छ। त्यस्तै १५ प्रतिशत रेडबर्ड क्यापिटल पार्टनर्स र १३ प्रतिशत लाचलान मर्डोकको स्वामित्वमा छ। केही समय अघिसम्म बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि टिममा परेकी थिइन् ।

पञ्जाब किंग्स
पञ्जाबको प्रतिनिधित्व गर्ने पञ्जाब किंग्स टिममा पनि वलिउडकी चर्चित अभिनेत्री मालिकका रूपमा छिन्। टिममा अभिनेत्री प्रीति जिन्टा, एलिफ्यान्ट क्यापिटल पीएलसीका एमडी मोहित बर्मन, वाडिया समूहका नेस वाडिया र एपीजे सुरेन्द्र समूहका करण पलको स्वामित्व छ।

प्रतिक्रिया