शनिबार, वैशाख १५, २०८१

युक्रेनी सांसद र रुसी प्रतिनिधिबीच मुक्का हानाहान(भिडियाे)

मेरोन्यूज २०८० वैशाख २२ गते १५:४५

टर्कीमा बिहीवार गरिएको एक कूटनीतिक सम्मेलनमा रुस र युक्रेनका प्रतिनिधिहरूबीच कुटाकुट भएको छ । रुसी प्रतिनिधिले युक्रेनी सांसदको हातबाट युक्रेनको झण्डा खोसेर च्यातेपछि झगडा भएको हो ।

वास्तवमा यहाँ भेटका क्रममा फोटो सेरेमनी चलिरहेको थियो । युक्रेनी सांसद अलेक्जेन्डर मारिकोव्स्की युक्रेनको झण्डा बोकेर उभिएका थिए । त्यसपछि रुसी प्रतिनिधिले उनको हातबाट झण्डा खोसेर फ्याँकिदिए । त्यसपछि मारिकोव्स्कीले ती प्रतिनिधिलाई लखेटेका थिए र दुईजनाबीच मुक्का हानाहान भएको थियो ।

भिडियाे स्राेत

प्रतिक्रिया