बिहीबार, वैशाख २०, २०८१

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

मेरोन्यूज २०८० वैशाख १३ गते १४:५५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरेको हो ।

२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत विक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १२ गते ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।

प्रतिक्रिया