शुक्रबार, वैशाख २१, २०८१

आफ्ना समर्थकले गाली गरेकी किशोरीसँग रविले घुँडा टेकेर भने ‘आइ एम सरी'(भिडियाेसहित)

मेरोन्यूज २०८० वैशाख १३ गते १४:४२

काठमाडौं । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिने भनेपछि आफ्ना समर्थकहरूले सामाजिक सञ्जालमा गाली गरेकी किशोरीसँग सभापति रवि लामिछानेले माफी मागेका छन्।

बुधबार ति किशोरीको घरमै पुगेर रविले घुँडा टेकेर ‘आइ एम सरी’ भनेका हुन्। उनले लोकतन्त्रमा आफुलाई लागेको कुरा भन्न पाउने छुट छ भन्दै किशोरीलाइ सान्त्वना दिएका थिए । सामाजिक सञ्जाल एक चोक भएको र यहा जे पनि हुने उनले बताए ।

उपनिर्वाचनको नजिँकिदा एक युट्युबरले कसलाई भोट दिने भनि सोधेकोमा ती किशोरीले आफूले कांग्रेसमा भोट हाल्ने बताएकी थिइन्। उनले मंशिरको चुनावमा रास्वपालाई नै भोट दिएको तर लामिछानेको नागरिकता बिबाद आएपछि अब उनलाई भोट नहाल्ने भनेकी थिइन् ।

चुनाव सकिएपछि सभापति लामिछानेले ति युवतिको घरमै पुगेर माफी मागेका हुन् ।

रास्वपाले आफ्नो पेजमा सार्वजनिक गरेको भिडिओमा भनिएकाे छ, ‘हामी कसैलाई अपमान गर्दैनौं। हाम्रा दुश्मन छैनन्। हामीलाई खबरदारी गरिरहनु होला। विगत केही दिनदेखि सामाजिक संजालमा यहाँमाथि जसले गाली गलौज गरेको भएपनि हामी क्षमा माग्दछौँ।’

प्रतिक्रिया