प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
मेरोन्यूज
२०८० वैशाख १३ गते १४:१४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भेट वार्ता भएको हो ।
भेटवार्तामा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले रूसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया