शनिबार, वैशाख २२, २०८१

अनलाइन यूपीएस जडान गर्न भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने

मेरोन्यूज २०८० वैशाख ६ गते ११:४७

काठमाडौं । अनलाइन यूपीएस जडान गर्न भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण रोकिने भएको छ ।

Advertisement

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द रहने महानिर्देशक तिवारीले जानकारी दिए ।

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने अनलाइन यूपीएस जडान गर्ने काम भइरहेको तिवारीले बताए ।


विमानस्थल बन्द हुने समयमा उडान उपतरण परेका परेका यात्रुलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत उनले यात्रुसँग अनुरोध गरे ।

प्रतिक्रिया