शुक्रबार, वैशाख १४, २०८१

पाइलट बिरामी भएपछि रोकिएको जहाज ११ घण्टापछि दुबई उड्यो

मेरोन्यूज २०७९ चैत १९ गते १४:०३

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को काठमाडौंबाट दुबईका लागि शनिबार राति १२ बजे उड्नु पर्ने वाइडबडी जहाज ११ घण्टा ढिला गरी उडेको छ ।

को–पाइलटको स्वास्थ्यमा समस्या आएपछि शनिबार राति १२ बजे उड्ने तयारीमा रहेको उडान नम्बर ‘आरएनए २२९ डी’ रहेको जहाजको उडान रद्द भएको थियो ।

उडान रद्द भएको उक्त जहाज आइतबार बिहान ११ः १९ बजे दुबई उडेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको नेपाल एयरलाइन्सको ‘मकालु’ नामको वाइडबडी जहाजलाई दुबई उडानका लागि तालिकामा राखिएको थियो । क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह विष्टले दिल्लीबाट उडाएर ल्याएको उक्त जहाजमा उनीहरु नै जानु पर्ने तालिका थियो । तर को–पाइलट विष्टलाई पखाला लागेपछि उनले बिरामी भएको रिपोर्टिङ गरेका थिए ।

विष्ट जान नसक्ने भएपछि एयरलाइन्स व्यवस्थापनले विकल्पमा अर्को पाइलटको खोजी गरेपनि उपलब्ध हुन नसकेपछि उडान रद्द गरेको थियो ।

प्रतिक्रिया