मंगलबार, वैशाख २५, २०८१

प्रहरीमा पहिलो पटक तीन महिला एआइजीपी

मेरोन्यूज २०७९ चैत १३ गते १३:५५

काठमाडौँ । नेपाल प्रहरीमा पहिलो पटक तीन अतिरिक्त महानिरीक्षक (एआइजीपी) हुने भएका छन् ।

Advertisement

आज बसेको बढुवा समितिको बैठकले उपत्यका ट्राफिक प्रकरी कार्यालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजीपी)मिरा चौधरीलाई बढुवा गर्न सिफारिस गरेपछि एक पटक तीन महिला एआइजीपी हुने निश्चित भएको हो ।

यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआईजी डा. आशा सिंह कार्यरत थिइन् । गतसाता किरण बज्राचार्य जनपदतर्फ नै एआईजीपीमा बढुवा गरिएको थियो । उनीसँगै बढुवा भएका बसन्त कुँवर प्रहरी महानिरीक्षक बनेका छन् ।

नेपाल प्रहरीको इतिहासमा एकसाथ तीनजना महिला एआईजीपी भएको पहिलो पटक हो।

डा. सिंह २०७६ पुस ३ गते अस्पताल प्रमुख डा. दुर्गा थापाले अवकाश पाएपछि साढे तीन वर्ष पहिले नै एआईजी भएकी थिइन्।

जनपदतर्फ पहिलो एआइजीपीका रूपमा बढुवा भएकी पूजा सिंहका गत फागुन ७ गते उमेरहदका कारण अवकाश भएको छ । सिंहको अवकाशसँगै नेपाल प्रहरीमा रिक्त भएको ५ एआईजीपी पदमा किरण बज्राचार्य बढुवामा परेकी थिइन्।

अब किरण र मीरा करिब २ वर्ष एआइजीपीका रूपमा प्रहरी सेवामा रहनेछन् । उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।

उनीहरु डीआईजीसम्म सँगसँगै बढुवा भएका थिए ।

प्रतिक्रिया