मंगलबार, वैशाख २५, २०८१

कोशी प्रदेशको नामाकरणमा मृत्यु भएकोबारे छानबिन गर्न समिति गठन

मेरोन्यूज २०७९ चैत ११ गते १८:४२

काठमाडौँ । कोशी प्रदेश नामाकरणको विषयमा भएको प्रदर्शनमा परी मृत्यु भएका घटनाबारे छानबिन गर्न सरकारले छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

Advertisement

मोरङ जिल्लाको विराटनगरमा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु) हिजो शुक्रबार मृत्यु भएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।

समितिले घटनाबारे सत्य तथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नु पर्ने छ । समितिमा गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्व रहेको छ ।

प्रतिक्रिया