मंगलबार, वैशाख २५, २०८१

मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

मेरोन्यूज २०७९ चैत १० गते १९:५८

भक्तपुर । प्रहरीले मोबाइल चोरी गर्ने र सोही चोरीको मोबाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।

Advertisement

भक्तपुर नगरपालिका १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगर १६ माछापोखरी बस्ने २२ वर्षीय जिनलाप घिसिङ तथा चोरीको मोबाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौँ महानगर १६ बालाजु बस्ने ३० वर्षीय रामशरण अछामीलाई पक्राउ गरेको हो । 

यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमल विनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी भएको उजुरी परेको थियो ।

प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोबाइल चोरी भएकोमा चोरी भएका मोबाइलमध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोबाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया