शुक्रबार, वैशाख १४, २०८१

५० हजार रुपैयाँ घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

मेरोन्यूज २०७९ चैत ८ गते २१:३३

काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगर वडा ११ का वडाध्यक्ष र वडा सचिव घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय रहेका छन् । उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

प्रतिक्रिया