मंगलबार, चैत ६, २०८०

प्रधानमन्त्री प्रचण्डले संसदमा पाउलान् विश्वासको मत ? (अंक गणितसहित)

पुस २६ मा २६८ सांसदको असाधारण विश्वास पाएका प्रचण्डले एमाले र राप्रपाको साथ नपाउँदा पनि १७४ सांसदको साथ पाउने देखिन्छ

शितल शर्मा २०७९ चैत ५ गते २०:०३

काठमाडौं । प्रधानमान्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० दिनमै दोस्रो पटक संसदमा विश्वासको मतको सामना गदैछन् । सरकारको नेतृत्वमा बसेको ८६ दिनमा उनले दोस्रो पटक भोलि संसदमा विश्वासको मतको सामना गर्न लागेका हुन् ।

२०५१ मा एमालेका तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले संसदमा असाधारण विश्वासको मत पा्रप्त गरेपछिको २८ वर्षपछि प्रचण्डले गत पुस २६ मा संसदमा विश्वासको मत लिँदै गर्दा ‘असाधारण’ बहुमत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यसबेला सत्ता गठबन्धन बाहिर रहेका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन् । कांग्रेसका किशोरसिंह राठोर, अम्बिका बस्नेत र मनोरमा शेरचन मंगलबार उपस्थित थिएनन् । त्यसबेला सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा मतदानमा सहभागी भएनन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १ सय ३८ ले साथ दिँदा प्रचण्डका लागि बहुमत पुग्थ्यो । प्रचण्ड १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । सत्ता बाहिर रहेका कांग्रेस, एकीकृत समाजवादी र लोसपाले समेत समर्थन गरेपछि प्रचण्डलाई त्यसबेला ९९.२५ प्रतिशत सांसदबाट विश्वासको मत प्राप्त भएको हो ।

Advertisement

तर अहिले परिदृश्य फेरिएको छ । ८६ दिन अगाडी प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा प्रचण्डलाई बलियो साथ दिएको एमाले अहिले सरकारबाट बाहिर पुगेको छ । राष्ट्रपति चुनावमा प्रचण्डले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका अन्य १० दलीय मोर्चासाग गठबन्धन बनाएपछि त्यसबेला प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएका एमाले र राप्रपा सरकारबाट बाहिर मात्र परेको छैन, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत समेत उनीहरुले फिर्ता लिएका छन् ।

त्यसबेला सरकारमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो बीचमा सरकारबाट बाहिरिएको छ । तर सरकारलाई दिएको समर्थन उसले कायमै राखेको थियो ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भोलि फेरि पनि प्रधानमन्त्रीले संसदमा सामना गर्न लागेको विश्वासको मतमा पक्षमा मत दिने निर्णय गरेको छ । रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद सोविता गौतमका अनुसार, मुद्दाका आधारमा प्रधानमन्त्री प्रचण्डलाई फेरि पनि विश्वासको मत दिने रास्वपाले निर्णय गरेको हो ।

८६ दिन अगाडी आफुलाई प्रधानमन्त्री नियुक्त गर्दा साथ दिएको एमाले र राप्रपाले साथ छोडेपछि प्रधानमन्त्री प्रचण्ड ७० दिनमै दोहोर्‍याएर विश्वासको मतको सामना गर्न संसदमा जान लागेका हुन् । अहिले प्रचण्ड नेतृत्वको सरकार एक राज्यमन्त्रीसहित जम्मा सात सदस्यीय मात्रै छ । उनको मन्त्रिमण्डलमा जनमत पार्टीका अब्दुल खान बाहेक अन्य सबै माओवादीका मात्रै्र मन्त्री छन् ।

प्रचण्डले भोलि विश्वासको मत पाएपछि मात्रै सरकारमा सहभागी हुने दलहरुका बीचमा मनत्रालय भागवन्डा लगाएर उनले मनित्रपरिषद् विस्तार गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले मेरोन्यूजलाई बताए ।
‘भोलि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुहुन्छ, त्यसपछि सत्ता गठबन्धन दलहरुका बीचमा छलफल गरेर चैत १० भित्रै मनित्रमण्डल विस्तार गरिसक्नुहुनछ,’ गजुरेलले मेरोन्यूजसँग भने ।

पुस २६ मा संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त भएकाप्रचण्डले धारा ७६ (४) अनुसार संसदमा विश्वासको मतको सामना गरेका थिए ।

तर यो पटक ७० दिनमै दोहोर्‍याएर संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले संविधानको धारा १०० (२) अनुसार विश्वासको मतको सामना गर्न लागेका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनित्वि गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफनो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

प्रचण्डको नेतृत्वमा सरकार बन्दा सरकारमा सहभागी एमाले, राप्रपा सरकारबाट हटेर समर्थन फिर्ता लिएकोले प्रधानमन्त्रीले त्यही धारा टेकेर भोलि दिउासो संसदमा विश्वासको मत लिन लागेका हुने ।

संसदको अंक गणित : कसका कति ?

संसदमा राजनीतिक तहहरुको अंकगणित तालिकाबाट हेरौं :

प्रधानमन्त्रीको पक्षमा कस्तो बन्ला अंकगणित ?
प्रधानमन्त्री प्रचण्डले शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बोलाए । त्यहाँ उनले आफुलाई सोमबार संसदमा विश्वासको मत दिन आग्रह गरे । त्यस बैठकमा सहभागी दलले एकमतका साथ विश्वासको मत दिने बताए । त्यसमध्येका धेरैजसो दलले आइतबार पार्टीको बैठक राखेर निर्णय समेत लिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी उक्त बैठकमा थिए । त्यसमध्ये बाबुराम भट्टराईको दल माओवादीकै चुनाव चिन्हमा चुनाव लडेको थियो । उक्त पार्टीबाट महिन्द्रराय यादव सांसद छन् ।

यसो हुँदा यी दलहरुसँग संसदमा १५५ मत छ । त्यसमध्ये स्वतन्त्रमा रहेका तीन सांसद लालविर चौधरी, योगेन्द्र मण्डल र अमरेस सिंहले पनि प्रचण्डलाई पुस २६ मा संसदमा विश्वासको मत लिँदा साथ दिएको र अहिले पनि दिने सम्भावना रहेकोले १५८ मत प्रचण्डको पक्षमा देखिन्छ ।

यसमध्ये कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका बर्षमान पुन अनन्त स्वास्थ्य उपचारका लागि नेपाल बाहिर रहेकोले उनीहरुले मतदानमा सहभागि नहुादा पनि सत्ता गठबन्धनसँग १५६ मत हुने देखिन्छ ।

पुस २६ मा विश्वासको मत लिँदा कांग्रेसका मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत संसदमा उपस्थित भएका थिएनन । तर कांग्रेसले आफना सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप आइतबार नै लगाएकोले यो पटक उनीहरु उपस्थित हुने देखिन्छ ।

त्यसो हुादा माओवादी र कांग्रेसका एक-एक जना सांसद मात्रै विश्वासको मत दिने भोलिको संसद बैठकमा अनुपस्थित हुने देखिन्छ । जसपाका समानुपातिक सांसद सहनाज रहमानको यो बीचमा निधन भएको छ । यो रिक्त स्थानमा जसपाले तीन दिन अगाडी नै सांसदका रुपमा मन्जु अन्सारीलाई सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकेको छ ।

आयोगले उनलाई निर्वाचित भएको घोषणा गरेमा र अन्सारीले सभामुखसँग सपथ लिएमा उनलाई प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतका बारेमा आफनोम त दिन पाउने अधिकार रहन्छ । त्यसो हुँदा जसपासँग ११ सांसद रहनेछन् । नत्र जसपासँग १० जना मात्र सांसद अहिले हुनेछन् ।

अघिल्लो पटक विश्वासको मत दिने बेला रहेका रामचन्द्र पौडेल राष्ट्रपति र राम सहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले संसदमा उनीहरुको स्थान रिक्त छ ।

प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि फेरि विश्वासको मत दिने निर्णय लिएको छ । रास्वपासँग कुलमा २० सिट पहिले भएपनि सभापति रवि लामिछानेको सांसद पद गुमेपछि अहिले १९ सिट छ । त्यसमध्ये इन्दिरा राना उपसभामुख छिन् । उनले मत दिने या नदिने उनको आफनै हातमा छ । तर उनलाई छोडेर हिसाव गर्दा रास्वपासँग १८ मत अहिले सुनिश्चित छ । प्रधानमन्त्रीले रास्वपाको १८ मत पाउँदा १७४ मत पाउने देखिन्छ ।

यो भनेको कुल सांसद (२७५) को ६३.२७ प्रतिशत हो । अघिल्लो पटक पुस २६ मा विश्वासको मत लिँदा २६८ सांसदको साथ पाएका प्रचण्ड अहिले १७४ सांसदको साथ आफनो पक्षमा कायम राखेर झर्ने देखिन्छन् ।

विपक्षमा कति ?
प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्दा एमाले, राप्रपा र नेमकिपा बाहेकका दल विपक्षमा देखिने देखिदैन ।अ घिल्लो पटक प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चा यसपटक विश्वासको मत दिने पक्षमा उभिँदा नेमकिपा फेरि पनि विश्वासको मत नदिने पूर्ववत अडानमै कायम रहने छ । त्यसो हुँदा एमालेसँग रहेको (एक स्वतनत्र किरण सहसहित) ७९, राप्रपासँग रहेको १४ र नेमकिपासँग रहेको १ मत विपक्षमा पर्ने देखिन्छ ।

यसमा सभामुख देवराज घिमिरे मतदानमा सहभागी नहुने र एमालेकै लक्ष्मी कोइरी महतो फरार सूचीमा रहेकोले सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिँदा उपस्थित हुने सम्भावना न्यूत छ । यस अर्थमा एमालेसाग रहेको ७७, राप्रपाको १४ र नेमकिपाको १ गरी कुलमा ९२ जना सांसदले प्रधानमन्त्रीलाई संसदमा विश्वास छैन भन्नेमा मत दिने देखिएको छ । यो भनेको कुल सांसद संख्या (२७५)को ३३.४५ प्रतिशत हो ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया