बुधबार, जेठ २, २०८१

पीएनजीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

मेरोन्यूज २०७९ फागुन १५ गते १५:२५

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा जारी त्रिदेशीय एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाललाई पपुवा न्यूगिनी (पीएनजी)ले २०४ रनको लक्ष्य दिएको छ ।

Advertisement

खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको हो ।

लिग २ मा २८ खेल खेलेको नेपाल १२ जित र १४ हारसहित २६ अंक जोडेर अंक तालिकाको छैठौं स्थानमा छ । नेपाललाई एक दिवसीय मान्यता जोगाउन बाँकी आठ खेलमा कम्तिमा पाँच खेल जित्नु पर्ने दबाब छ ।

प्रतिक्रिया