मंगलबार, वैशाख २५, २०८१

प्रधानमन्त्री-ओली भेटवार्ता

राष्ट्रपतिबारे छलफल गर्न बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक

मेरोन्यूज २०७९ माघ २५ गते ११:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ । संन्यत्रको बैठक लामो समय बस्न सकेको छैन ।

Advertisement

राष्टिय स्वतन्त्र पार्टीले सरकारलाई सरकारबाट बाहिर ननिस्कदैं पनि उच्चस्तरीय संन्यत्रको बैठक राख्न आग्रह गरेको थियो । तर ओली र प्रधानमन्त्री प्रचण्डका बीचमा सहमति जुटन नसक्दा उच्चस्तरीय राजनीतिक संन्यत्रको बैठक बसेको थिएन । सरकारमै पुगेर पनि रास्वपा अहिले सरकारबाट बाहिरिसकेको छ । संन्यत्रको संयोजक एमाले अध्यक्ष केपी ओली छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने छलफलपछि बालकोटबाट बाहिरिदै गर्दा प्रधानमन्त्री प्रचण्डले बताए ।

बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, -सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । उम्मेदवारी दर्ताको कार्यतालिका फागुन १३ लाइृ तय भएको छ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री सरकार निर्माणका बेला र सरकारले संसदमा विश्वासको मत प्राप्त गरेपछिको राजनीतिक समकिरण फेरिएकोले नयाा शिराबाट सवैलाई सहमति बनाएर जानुपर्ने पक्षमा उभिएसका छन् । तर एमाले अध्यक्ष ओली प्रचण्डले सहमतिको कुरा गरिरहँदा झस्किएका छन् । उनले कांग्रेसको ढोक्सामा प्रधानमन्त्री पर्न खोजेको आशंका गरिरहेको छ ।

जसकाकारण ओली प्रचण्डलाई नविच्काउने गरी सम्वाद बाक्लो बनाएर आफुसाग नै इन्गेज गराईराख्ने योजनामा छन् । त्यही कारण मंगलबार पनि उनले प्रधानमन्त्रीसँग प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भेट गरेका थिए । आज प्रधानमन्त्रीलाई आफनो निवासमा स्वागत गरेर भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया