मंगलबार, वैशाख २५, २०८१

टर्की-सिरियाको त्रासदीमा मानवीय सहयोग गर्न नेपाल चुक्नुहुन्‍न : डा. बाबुराम भट्टराई

मेरोन्यूज २०७९ माघ २५ गते ८:५०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टर्की–सिरियामा गएको भूकम्पपछिको त्रासदीमा मानवीय सहयोग गर्न नेपाल चुक्न नहुने बताएका छन् ।

Advertisement

डा. भट्टराईले सो भूकम्प २०७२ मा नेपालमा गए जत्तिकै शक्तिशाली भएको र यस्तो अवस्थामा विश्वभरका देशले आपतकालीन उद्धार र राहतको सहयोग गरिरहने बताएका छन् ।

‘टर्की–सिरियाको हालको भूकम्प नेपालको २०७२ को जत्तिकै विनाशकारी भूकम्प हो । अहिलेसम्म पॉच हजार बढीको मृत्यु, बिसौं हजार घाइते र अर्बौं डलरको क्षति भएको छ,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विश्वभरका देशले आपतकालीन उद्धार÷राहतको सहयोग गरिरहेछन्। यस्तो त्रासदीमा मानवीय सहयोग गर्न नेपाल चुक्नुहुन्न। सरकारको ध्यान पुगोस् ।’

प्रतिक्रिया