शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपतिले २७ माघमा संयुक्त सदनमा विशेष सम्बोधन गर्ने

मेरोन्यूज २०७९ माघ २३ गते ८:२८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् । माघ २७ गते राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव सागर आचार्यले जानकारी दिए ।

दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसदलाई संयुक्त रुपमा विशेष सम्बोधन गर्न लागेकी हुन् । राष्ट्रपति भण्डारीको कार्याकाल २८ फागुनमा सकिदैंछ ।
निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाले उयो सम्बोधनलाई बिदाइ सम्बोधन भनेर चर्चा हुन थालेको छ ।
उनले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने छिन् । 

प्रतिक्रिया