शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले २५ माघमा विश्वासको मत लिने

मेरोन्यूज २०७९ माघ २३ गते ७:५८

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २५ माघमा विश्वासको मत लिने भएका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले त्यसको एक महिनाभित्र अर्थात २७ माघसम्म विश्वासको मत लिनुपथ्र्यो ।  

नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिन नसक्ने बताएपछि रोकिएका रावल सो पार्टी लचक भएसँगै विश्वासको मत लिने तयारीमा लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन् ।

यो सँगै विश्वासको मत लिने वा नलिने अन्यौल हटेको उनले सञ्चारकर्मीलाई जानकारी दिए । तर, नागरिक उन्मुक्ति पार्टीले भने ठोस जवाफ दिएको छैन । सो पार्टीका एक नेताले भने, ‘हामी पर्ख र हेरको अवस्थामा छौँ ।  

प्रतिक्रिया