सोमबार, वैशाख १७, २०८१

एकीकृत समाजवादीको संगठित सदस्य १ लाख ६६ हजार

मेरोन्यूज २०७९ माघ २१ गते १३:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संगठित सदस्य १ लाख ६६ हजार ४२६ जना रहेका छन् । अध्यक्ष माधव नेपालले आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठमापेश गरेको राजनीतिक दस्तावेजमा पार्टीको संगठित सदस्यता कुलमा १ लाख ६६ हजार रहेको तथ्यांक पेश गरेका हुन् ।

नेपालले पेश गरेको तथ्यांक अनुसार, केन्द्रीय तह र भूगोलका पार्टी कमिटीमा सङ्गठित सङ्ख्या १ लाख ३७ हजार ८५, सम्पर्क, प्रबास र गैरभूगोलका कमिटीमा सङ्गठित सङ्ख्या ५ हजार ९००, जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनमा सङ्गठित सङ्ख्या २२ हजार ४८२ र पार्टी कमिटी र जनसङ्गठनका कमिटीमा सङ्गठित कुल सङ्ख्या १ लाख ६६ हजार ४२६ रहेका छन् ।

हेर्नुहोस एकीकृत समाजवादीको संगठनको अवस्था

प्रतिक्रिया