शुक्रबार, वैशाख २१, २०८१

मधेसमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

मेरोन्यूज २०७९ माघ २० गते १७:५३

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् । माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । माओवादीले २ वटा मन्त्रालय मागेको थियो । एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी नभएको हो ।

प्रतिक्रिया