शुक्रबार, वैशाख २१, २०८१

प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

मेरोन्यूज २०७९ माघ २० गते १६:५७

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इजमाइलबीच भेटवार्ता भएकाे छ। उनीहरुबीच सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा भेट् भएको हो ।

भेट्मा मलेसियामा रहेका नेपाली कामदारहरुको हकहितलाई ध्यानमा राखेर प्रधानमन्त्री प्रचण्ड र मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।

हिजो काठमाडौं आएका मलेसियाका गृहमन्त्री नेतृत्वको टोलिली आजै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा टोलि सग काठमाडौंको सोल्टी होटलमा द्वीपक्षीय बार्ता गरेका थिए । उक्त बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेका थिए । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको थियो । यो बैठक तीन महिनाभित्र राख्न मलेसिया तयार भएको थियो ।

प्रधानमन्त्रीसग पनि यहि विषयमा पनि केन्द्रित रहेर कुराकानी भएको बताईएको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।

प्रतिक्रिया