शुक्रबार, वैशाख २१, २०८१

लोकसेवा पास गरेका वहालवाला कर्मचारीलाई उमेर हद नलाग्ने सर्वोच्चको आदेश

मेरोन्यूज २०७९ माघ २० गते १५:५३

काठमाडौं । सर्वाेच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा (संघ, प्रदेश र स्थानिय) वहालवाला कर्मचारीलाई उमेरहद नलगाउन अन्तरिम आदेश दिएको छ ।

Advertisement


नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले शुक्रबार त्यस्तो अन्तरिम आदेश दिएको हो ।

लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उमेर हदका कारण सहभागी हुनबाट नरोक्न सर्वाेच्चले आदेशमा भनेको हो ।

३५ वर्ष उमेर पूरा भएको कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरुको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै अदालतले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न गराउन अन्तरिम आदेश दिएको हो ।

हेर्नुहोस अन्तरिम आदेशको फैसल्ला

प्रतिक्रिया