शुक्रबार, वैशाख २१, २०८१

घनश्याम भुसालले भने- सबै रिपोर्ट सामान्य छ, चिन्ता गर्ने सबैलाई धन्यवाद

मेरोन्यूज २०७९ माघ २० गते १४:५४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले सडक दुर्घटनाका कारण आफु अस्पतालमा पुगेको र सबै रिपोर्ट सामान्य रहेको बताएका छन् । एकीकृत समाजवादीको भोलि देखि काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय समितिको तयारीका लागि आफैले गाडी चलाएर तिनकुने आलोकनगरस्थित केन्द्रीय कार्यालयमा जाँदै गर्दा भुसाल बानेश्वरमा पुगेपछि अचानक वेहोस भएर गाडी डिभाइडरमा ठोक्किन पुगेको थियो ।

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

त्यसलगत्तै उनलाई नजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

भुसाल बेहोस भएको समाचार आएपछि उनले सामाजिक सन्जालमा स्टाटस लेख्दै आफू सकुशल रहेको र सबै रिपोर्ट सामान्य रहेको जानकारी दिएका हुन् । उनले चासो र चिन्ता गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

हेर्नुहोस् भुसालको स्टाट्स

प्रतिक्रिया