शुक्रबार, वैशाख २१, २०८१

बानेश्वरमा गाडी चलाउँदै गर्दा घनश्याम भुसाल बेहोस भएपछि….

मेरोन्यूज २०७९ माघ २० गते १३:३७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भूसाल बानेश्वरमा गाडी चलाउँदै गर्दा बेहोस भएका छन् । अकास्मात गाडी चलाउँदैं गर्दा बेहोस भएपछि उनले चलाएको गाडी बानेश्वर चोकैमा ठोक्किएको थियो । त्यसपछि उनलाई नजिकै रहेको शिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।

Advertisement

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो । 

उनका सहयोगी मनोज रिजालका अनुसार, बानेश्वर चोकमा गाडी ठोक्किएपछि शिभिल अस्पतालमा लगिएको हो ।

अस्वस्थ्य भएपछि भुसाललाई शिभिल अस्पतालमा भर्ना गरिएको छ ।


भुसाल आफैं गाडी चलाएर तिनकुने आलोकनगरस्थित पार्टी कार्यालय जाँदै गरेका थिए । नेकपा एकीकृत समाजवादीको भोलि देखि हुन लागेको केन्द्रीय समिति बैठकको तयारीका लागि उनी पार्टी कार्यालय जाँदै थिए ।

अस्पताल भर्ना भएका भुसालको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया