शुक्रबार, वैशाख २१, २०८१

फेरि सर्‍यो माओवादी बैठक

मेरोन्यूज २०७९ माघ २० गते १३:२७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्यस्तताका कारण आज दिउँसो बोलाइएको स्थायी समिति बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय (निर्मलकुमार)ले जानकारी दिए ।

Advertisement

माओवादीले आज दिउँसो ३ बजेका लागि स्थायी समितिको बैठक बोलाइएको थियो । बैटक माघ १२ यता निरन्तर जारी छ । तर बैठक कहिले सर्ने र कहिले बस्ने गदैं आईरहेको छ । बिहिबार पनि केही बेर स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो ।

तर, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नदिए सरकार छोडने भनी दिएको धम्कीका कारण अन्य एजेण्डामा छलफल नै नभई बिहिबारको बैठक समसामायिक पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले बिफ्रिङ गरेपछि आजका लागि तय गरिएको थियो ।

बैठकमा महासचिव देव गुरुङले तयार पारेको संगठनात्मक प्रस्ताव , नेताहरुको कार्यविभाजन र तीन महिने पार्टी अभियानका बारेमा छलफल गर्ने कार्यसूची थियो । तर प्रधानमन्त्रीको ब्यस्तताका कारण बैठक सदैं आईरहेको थियो ।

प्रतिक्रिया