शुक्रबार, वैशाख २१, २०८१

सेयर बजार २२.१२ अंकले घट्यो

मेरोन्यूज २०७९ माघ १९ गते १५:४०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । 

Advertisement

बिहीबार १९ कम्पनीको शेयर उकालो लागेको छ भने १९४ कम्पनीको सेयर ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहे ।
बिहीबार २५७ कम्पनीको कारोबार भयो भने ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएका छन् । सबैभन्दा धेरै जीवन बिमा र हाईड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ । 
 

प्रतिक्रिया